काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले निहारिका राजपुतका सम्बन्धमा तत्काल सरकारले केही गर्न नसक्ने प्रस्ट पारेका छन् ।
प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालय अन्तर्गतको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले निहारिकाको सवालमा उच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै प्रचलित कानुन अनुसार तत्काल सरकारले केही गर्न सक्ने अवस्था नरहेको प्रस्ट पारे ।
उनले भने, निहारिकाको सवालमा अनुसन्धान नभएको होइन, मुद्दा अदालतमा पुगेकै हो, संविधानले नै स्वतन्त्र न्यायापालिकाको परिकल्पना गरेको छ । जिल्ला अदालतले गरेको फैसला उपर चित्त नबुझेपछि उच्च अदालतमा मुद्दा परेको छ र उच्च अदालतमा मुद्दा विचाराधीन छ ।


प्रतिक्रिया