काठमाडौँ — नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम एसपीपी बारे जानकारी दिनुपर्ने बताएका छन् । उनले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले संसद्लाई जानकारी दिनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले संसद्मा यो विषय उठेको सम्झौता कसको पालामा नेपाल छिरेको र सम्झौताको मर्मबारे जानकारी दिनुपर्ने बताए । सेनाका प्रवक्ता भन्नुहुन्छ यसबारे केही जानकारी छैन, थापाले भने, सबै पक्ष आ–आफ्ना दाबी गरिरहेका छन् । त्यसैले सरकारले संसदमा उभिएर वास्तविकताबारे जानकारी दिनुपर्छ ।


प्रतिक्रिया