विदेश

चियापानमा केही कप कटौति गर्न आग्रह


काठमाडौँ – पाकिस्तानले आफ्ना जनतालाई चिया पिउन कम गर्न आग्रह गरेका छन् । चिया पिउन केही कम गरेमा उच्च मात्रमा हुँदै आएको आयात बिल घट्ने त्यहाँको एक वरिष्ठ मन्त्रीले बताएका हुन् ।

वरिष्ठ मन्त्री अहसन इकबलले यस्तो धारणा राखेका हुन् । देशको अर्थतन्त्रलाई घाटामा जानबाट जोगाउन चिया पिउनमा कटौति गर्नैपर्ने उनले बताएका छन् ।

पाकिस्तान सबैभन्दा धेरै चिया आयात गर्ने देशहरु मध्ये एक हो । अघिल्लो वर्ष पाकिस्तानले ६०० मिलियन डलर बराबरको चिया आयात गरेको थियो ।

ुमेरो आग्रह गर्दछु, कम्तीमा पनि हामी एक एक कप वा दुई दुई कप चिया पिउन कम गर्नुहोस्, किनकि हामीले जुन आयात गर्छौ, त्यो उधारोमा ल्याइरहेका छौुं वरिष्ठ मन्त्री इकबलले भने ।

मन्त्रीको उक्त भनाई अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । अर्थतन्त्र कमजोर बन्दै गएपछि गत महिना बिलासीका वस्तु आयात गर्नसमेत रोक लगाइएको थियो ।