काठमाडौँ — प्रतिनिधि सभामा जारी बजेट माथिको छलफलमा चलिरहेको छ । छलफलमा किसानले मल नपाएको विषय देखि अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउन खेताला लगाएको विषयसम्म उठिरहेका छन । संगै सरकारले अमेरिकासंग स्टेट पार्टनरसिप प्रोगाम सम्झौता गर्न लागेको विषय पनि गरमागरम वहसमा छ । तर गम्भीर विषयमा छलफल जारी रहेपनि सदनमा सांसदको संख्या भने न्यून देखिने गरेको छ ।
स्थान काठमाडौँको वानेश्वरस्थित संघिय संसद भवन । मध्यान्हको साढे १२ बज्दै गर्दा संसदभित्र भने विभिन्न विषयमा छलफल चलिरहेको थियो । विहान ११ बजेबाटै सुरु भएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमाथिको जवाफले नै निरन्तरता पाएको थियो । बैठक सुरु हुनासाथ एमालेका सांसदहरु उठेर विरोध जनाएका थिए ।
अर्थमन्त्रीको जवाफ सुन्न अस्वीकार गरेका उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । अन्तत शशर्त संसद सुचारु भयो । तर भर्खर संसद सुचारु मात्र के भएको थियो माननीयहरुलाई भने बाहिरिने हतार भयो । संसदमा आज अर्थमन्त्रीको राजिनामाको विषय देखि मलको विषयसम्म उठे । तर महत्वपूर्ण छलफलकै क्रममा अधिकांश जसो कुर्सी खाली थिए ।
आजको बैठकमा युवा तथा खेलकुद, शहरी विकास, कृषि तथा पशुपन्क्षी विकास, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीहरूले आफ्नो मन्त्रालयमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको थियो ।
मल अभावको विषयमा अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावको दर्ता गराएका एमालेका सांसदहरु नै कृषीमन्त्रीले उत्तर दिदाँ संसदबाट बाहिरिरहेका थिए । यो नियमित प्रक्रिया भएको भन्दै फेरी फर्कने वाँचा सहित बाहिरिएका उनीहरु फेरि फर्किएनन् ।
वैठक सुरु भएको एक घण्टा नवित्दै वाहिरीने संख्या बढ्दै थियो भने बाहिर भेटिएका एमाले सांसद रामबीर मानन्धर सन्चारकर्मीसंग गफमा मस्त थिए । भित्र बसे निदाईने र भिडियो आउने डर भएको बताउने उनी घर गएर रेडियो र टिभीमा लाईभ हेर्ने बताँउदै थिए । निकै ढिलो गरी वैठकमा सहभागी हुन आईपुगेका एमाले सांसद डा.भीम रावल पनि आलटाल गर्दै बाहिर नै थिए ।
वीचमा लुसुक्क पसेका केहि सांसदहरु १० मिनेट पनि नबसी बाहिरीए । समय घर्किदै जाँदा भने संसद भित्र जाने सांसदको संख्या घटेको थिएन । कोहि सिभिल अस्पतालमा कानको उपचार गराएर आँउदा ढिलो भएको भन्दै मुसुक्क हासेर भित्र पस्थे भने कोहि आलटाल गर्दै । यसरी ढिला पुग्नेमा कांग्रेस सांसद गगन थापादेखि एमाले सांसद विष्णु पौडेलसम्म थिए ।
निकै ढिलो गरि पुगेकी कांग्रेस सांसद चित्रलेखा यादव यसलाई अन्तराष्ट्रिय अभ्यासकै रुपमा अथ्याउदै थिईन । माननीयहरुको अन्त धेरै तीर काम पर्नाले यस्तो हुने गरेको उनको प्रष्टिकरणका वीच एमालेका सांसद विष्णु पौडेलको बाहिरिने वेला भईसकेको थियो ।
सांसदहरु सदनमा निदाउने गरेको तथा भत्ताका लागि मात्र हस्तक्षार गर्न पुग्ने गरेको कुरा नौलो हैन । जसले जनताका विषयमा उनीहरु कति संम्वेदनशील छ भन्ने प्रष्ट्याउदै आएको छ । जुन प्रवृत्ती जनजिविका तथा राष्ट्रिय स्वाधिनता जस्तो विषयमा छलफल भईरहेको अवस्थामा पनि दोहोरिएको छ ।


प्रतिक्रिया