Breaking

नेपाल शेर्पा बिधार्थी संघद्वारा बौद्धमा निःशुल्क पानी-जुस वितरण


काठमाडौँ — नेपाल शेर्पा बिधार्थीसंघ केन्द्रीय कार्यसमितिद्वारा बौद्द धर्मलम्बिहरूको बिशेष महिना ‘सगदावाको’ पावन अवसरमा श्रद्दालु भक्तजनहरूलाई सम्मान गर्दै काठमाडौँ स्थित बौद्ध स्तुपामा निःशुल्क पानी तथा जुस वितरण गरेका छन् ।

सोमबार र मंगलबार जेष्ठ ३० र ३१ गते दुई दिनकोलागि निःशुल्क पानी तथा जुस वितरण गरेको केन्द्रिय उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिएका छन् । शेर्पा बिधार्थी संघले बिगतको दिनमा समाजिक कामहरु गर्दै आएका छन् ।