Breaking

सिक्किम सरकारले ‘कबड्डी ४’लाई प्रदर्शनमा प्रतिबन्ध लगायो


काठमाडौँ — सिक्किम सरकारले कबड्डी ४ लाई प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । भारतको सिक्किम सरकारले प्रदर्शनमा प्रतिबन्ध लगाएको हो ।

मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका जनताको भावनालाई ध्यानमा राख्दै फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउने निणर्य गरिएको उल्लेख छ । सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म राज्यमा कबड्डी ४ को प्रदर्शनमा प्रतिबन्ध लगाउने निणर्य गरेको छ,’उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

फिल्ममा केटी नपाएपछि भिक्षु बनेको भन्दै विवाद भएपछि फिल्म प्रदर्शनमा रोक लगाइएको हो । फिल्म यही शुक्रबारदेखि सिक्किममा फिल्म प्रदर्शन हुँदै थियो ।