खेलकुद

म गोर्खाली हुँ मलाई केही हुन्न: प्रशिक्षक अल्मुताइरी


काठमाडौँ — राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो स्वास्थ्य अवस्था ठिक भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गोर्खाली भएको कारण केही नुहने भन्दै समर्थकहरुलाई चिन्ता नलिन आग्रह गरे ।

म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन,’ अल्मुताइरीले फेसबुकमा लेखेका छन् । अल्मुताइरी नेपाल र कुवेत बीचको खेल दौरान बेहोस भएर मैदानमा लडेका थिए । उक्त खेलमा नेपाल कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।