काठमाडौँ — झलनाथ खनालको गृहजिल्ला इलामको जिल्ला समन्वय समितिमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ । जिल्ला समन्वय समितिमा एमाले र नेकपा एकीकृत समाजवादीले संयुक्त उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसले एकल उम्मेदवारी दिएको छ ।
एमालेले जिसस प्रमुख र ५ सदस्य लिएको छ भने नेकपा एकीकृत समाजवादीले उपप्रमुख र दुई सदस्य लिएको छ । नेपाली कांग्रेसले भने जिससका ९ मध्ये ७ पदमा उम्मेदवारी दिएको छ ।
जिसस प्रमुखमा एमालेका जयप्रकाश राईले र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका चित्रकला बराइलीले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट जिसस प्रमुखमा विमल वैद्य र उपप्रमुखमा कमला अधिकारी बरालले उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया