Breaking

एमाले नेता तथा पूर्वसांसद भद्रबहादुर थापाको निधन


काठमाडौँ – पाल्पाका पूर्व सांसद भद्रबहादुर थापा मगरको ७० वर्षको उमेरमा निधन भएको छ । थापाको पाल्पा रामपुर नगरपालिका १० मा रहेको आफ्नै निवासमा शनिबार निधन भएको हो ।

एमाले नेता समेत रहेका थापा २०५६ सालको आम निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

विगत केही वर्षअघिदेखि उनी मुटु रोगबाट ग्रसित थिए । सांसदमा निर्वाचित हुनुअघि थापाले स्थानीय भानुभक्त माध्यमिक विद्यालयमा पठनपाठनसमेत गरेका थिए ।

२०४९ साललमा भएको स्थानीय निकायको निर्वाचनमा उनी तत्कालीन गेझा गाविसका अध्यक्षमा निर्वाचित भएका थिए । हाल एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार रहेका थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।