Breaking

भारतीय ग्याँस बुलेटको ठक्करबाट बाबु-छोरीको मृत्यु


काठमाडौँ – पूर्व-पश्चिम राजमार्गको हेटौंडा-९ पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामाा बाबु-छोरीको मृत्यु भएको छ ।

भारतबाट ग्याँस बोकेर आएको एनएल०१एल २९७१ नम्बरको ग्याँस बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिंदा बाबु-छोरीको मृत्यु भएको प्रहरी जनाएको छ ।

घटनामा ५५ वर्षीय बाबु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।