Breaking

नयाँ मन्त्री सपथ खान पर्खेको पर्खैई,थाती राखिएका भनिएको मन्त्री हेरफेरको निर्णय अझै अलपत्र


काठमाडौँ — मन्त्री हेरफेरका लागि सिफारिस गरिएका नेकपा एकीकृत समाजवादीका नेताहरुले सपथ ग्रहण पर्खेको एक हप्ता पुग्न लागेको छ ।पार्टीकै वहालवाला मन्त्री,मन्त्रालयगत छलफल चलिरहेको परिस्थिती र अरु दलमा पनि हेरफरेको दवावका कारण थाती रहेको भनिएको छ । यद्यपी एकीकृत समाजवादीका केही नेताले मन्त्री हेरफेसरसंग गठबन्धनकै भविष्य समेत जोड्न थालेका छन ।


सत्ताघटक दल नेकपा एकीकृत समाजवादीले सरकारमा भएका आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेपछि गठबन्धनका दल र स्वयं पार्टी एकाएक तरंगित बन्यो ।स्वयम प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृती दिएपछि एकीकृत समाजवादीले चार जना मन्त्री फेर्न तयारी गरेको छ । तर सिफारिस भएका नयाँ मन्त्रीहरूले शपथको समय कुरिरहँदा प्रधानमन्त्रीले छिटोछिटो मन्त्री हेरफेर गरे बाहिर राम्रो सन्देश नजाने भन्दै देउवा पछि हटे ।

जसमा एकीकृत समाजवादीका तर्फबाट मन्त्री बनेकाहरुले पनि संसद्मा बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने र ’पाइपलाइन’मा भएका केही काम गरेर मात्रै फिर्ता हुने मनसाय व्यक्त गरेका थिए । अर्कातर्फमन्त्री हेरफेरको विषयले अन्य दलमा पनि असर गर्ने र असन्तुष्टि बढेर वार्षिक बजेट पारित गर्न गाह्रो हुने देखिएपछि सत्ता गठबन्धन तत्काल मन्त्री हेरफेर नगर्ने निष्कर्षमा पुगेको थियो । बजेट पारित नभए सरकार अल्पमतमा पर्ने तथा एकीकृत समाजवादीको निर्णयले अरू पार्टीमा पनि प्रभाव पर्ने गठबन्धनका नेताहरुको बुझाई थियो ।

यहि कारण प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्काल मन्त्री नफेर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका थिए ।मन्त्रिपरिषद् हेरफेरकै कारण पार्टीमा विवाद चर्किने र जसपा फुट्नेसम्मको अवस्था देखिएपछि जोखिम लिन नहुने निष्कर्षमा माधव नेपाल पुगेको बुझ्न सकिन्छ । यहि कारण केहि दिनलाई थातीमात्र राखिएको तर पछि कार्यान्वयन हुने भनिएको यो निर्णय अझै अलपत्र परेको छ ।जवकि सारिएको सपथ ग्रहण गत विहिबार नै सपन्न भईसक्ने अभिव्यक्ती मन्त्रीको सिफारिसमा परेको नेताहरुले दिएका थिए ।

गत २५ गते यस्तो अभिव्यक्ती दिएका चौधरी कहिले मन्त्री बन्ने अझै टुङ्गो लागेको छैन ।एकीकृत समाजवादीको यहि निर्णयका कारण जसपाका पनि तत्काल मन्त्री हेरफेर गर्नुपर्ने दवावछ । त्यस्तै माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब बढ्दै गएको छ । एकीकृत समाजवादीले पहिल्यै गरेको निर्णयका अनुसार यो कदम अघि सारेको भएपनि अन्य दलमा भने नेता रिसाउने डरले समस्या खडा गरिहेको छ ।

यता एकीकृत समाजवादीका नेताहरुले भने यसलाई प्रधानमन्त्रीको अकर्मण्यता भएको आरोप लगाएको छ । यो आफ्नो पार्टीको सार्वभौम अधिकार भएकोले पार्टीले गरेको निर्णय कार्यान्वयन हुनपर्ने उनीहरुको भनाई छ । आफ्ना लागि सिफारिस भएका नयाँ नाम नै तत् तत्मन्त्री भएको बताउने उनीहरु निर्णय कार्यान्वयन भएन भने त्यस्तो गठबन्धनमा बस्नुपर्ने आवश्यकता नै समाप्त हुने बताउछन ।

यता दौरा सुरुवाल र कोट लगाएर सपथ ग्रहण आजै हुने बताउने र राजनीतिक परिस्थिती उल्टो देखिदाँ यो कहिलेसम्म थाती रहन्छ यसै भन्न सकिने अवस्था छैन । जसलाई एकीकृत समाजवादीका केहि नेताले ईगोको विषय बनाएपनि स्वयम अध्यक्ष माधवकुमार नेपाल चुपचाप देखिएका छन । अर्कातर्फ सबै पार्टीबाट मन्त्री हेरफेर भए गठबन्धन सत्ताको भागवन्डा भन्दा माथि किन जान सकेनभन्ने प्रश्न समेत उब्जिने देखिन्छ ।