Breaking

हुम्लाको चंखेलीमा आगलागी हुँदा तीन घर जलेर नष्ट


काठमाडौँ – हुम्लाको चंखेलीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । चंखेली गाउँपालिका-४ को पिप्लाङ्ग गाउँमा गएराती दुई बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएको हो ।

उक्त आगलागीबाट तीन घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय कर्णालीले जानकारी दिएको छ । घरभित्र रहेका भाडा वर्तन, लत्ताकपडा, अन्नपात जली नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कम्तिमा पचास लाखको क्षति भएको प्रारम्भिक अनुमान आएको कर्णाली प्रदेशका प्रहरीले जनाएको छ ।