Breaking

पहिरो खसेर अवरुद्ध नारायणगढ-मुग्लिन सडक पुनः सञ्चालन


काठमाडौँ – वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनः सञ्चालन भएको ।

गए राति ९: ५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो हटाएर राति १:३० बजेबाटनै सडक पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।