Breaking

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर


काठमाडौँ – काठमाडौँ उपत्यकासहितका स्थानमा शनिबार सबेरै बिहान भूकम्पको कडा धक्का महसुस भएको छ ।

बिहान २ बजेर ३६ मिनेटमा काठमाडौँ उपत्यकासहितका स्थानमा भूूकम्पको धक्का महसुस भएको हो । रातिको समयमा करिब ४ सेकेन्डसम्म भूकम्पको कडा धक्का महसुस भएपछि निदाइरहेका मानिसहरू उठेर घरबाहिर निस्किएका छन् ।

२०७२ वैशाख १२ गतेको शक्तिशाली गोरखा भूकम्पयता लगातार सानाठूला धक्का महसुस हुने गरेका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यो भूकम्पको केन्द्रबिन्दु उपत्यकाभित्र नै रहेको जनाएको छ ।

४‍‍.७ म्याग्निच्यूडको यो भूकम्पको केन्द्रबिन्दु भक्तपुरको चाँगुनारायण आसपासको क्षेत्र रहेको केन्द्रले जानकारी दिएको छ । उपत्यकाभित्रै केन्द्रबिन्दु भएकोले पनि काठमाडौँमा कडा धक्का महसुस भएको हो ।