Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित


काठमाडौँ – कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९्/८० को नीति तथा कार्यक्रम पारित भएको छ । दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम शुक्रबार बहुमतले पारित भएको हो ।

प्रदेशसभाको १०औँ अधिवेशनको ११औं बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेस गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिएका थिए । प्रदेशसभा सदस्यले उठाएका जवाफ मुख्यमन्त्री जीवनबहादुर शाहीले दिए ।

प्रदेशसभा सदस्यले दिएको जवाफ दिँदै मुख्यमन्त्री शाही अघिल्लो सरकारले गरेका कामको चर्को आलोचना गरे । नयाँ आर्थिक वर्षका लागि पुरानै कार्यक्रम राखेर नीति तथा कार्यक्रम ल्याएको भन्दै सरकारको आलोचना भइरहेको छ ।