काठमाडौँ — वर्षायाम सुरुभएसँगै देशका अधिकांश स्थानमा बाढी पहिराले जनजीवन प्रभावित हुन थालेको छ । काठमाडौं उपत्यकामा थुप्रिएको फाहोरलाई पानीले बगाउँदा सडक नै दुर्गन्धित बन्न थालेको छ । जुन समस्या समाधानका लागि सांसदहरुले सरकारको ध्यानाकर्षण पनि गराएका छन् । वर्षायाम सुरु भएसँगै देशका अधिकांश ठाउँमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएकोमा सांसद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुको देशभर वर्षाका कारण बाढी पहिराले जनधनको क्षति भएको भन्दै विपद् व्यवस्थापनमा गम्भीरतापूर्वक ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले त आफ्नो अध्यक्षतामा काठमाडौंको फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन नै माग गरे । फोहोरमैलाका कारण काठमाडौं अस्तव्यस्त भएको भन्दै उनले व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरेका हुन् ।
यस्तै प्रतिनिधि सभा सदस्य विमला बि.क.ले किसानले मल पाउँछन् कि पाउँदैनन् भनेर सरकारलाई प्रश्न गरिन् । उनले सरकारले मल दिन नसके किसानले सिमा पारिबाट ल्याएको मल नखोस्न आग्रह पनि गरिन । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सरकारले पेट्रोलियम पद्धार्थमा मुल्यवृद्धि गरेर व्यवसाय तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएको बताए ।
निर्माण क्षेत्रमा २५ प्रतिशतले महंगी बढेकाले निर्माणको काम अलपत्र भएको उनको भनाई छ । आगामी आर्थिक वर्षको बजेट सिमित नेता, मन्त्री र प्रधानमन्त्रीको घरमा मात्रै गएको उनको टिप्पणी छ । प्रतिनिधि सभा सदस्य रंगमती शाहीले मानव तस्करी गम्भिर समस्या बनेको उल्लेख गरिन ।
उनले तस्करहरुको अन्तर्राष्ट्रिय स्तरमा नै संगठित सञ्जाल बनेको बताइन । तस्करहरुलाई नियन्त्रण गर्न सरकार असफल भएको उनको भनाई छ । यसवर्षको बजेट आएसँगै जेठ १६ गते देखि विषयगत मन्त्रालय छलफल जारी छ । जहाँ समसामयीक समस्याबारे पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराईरहेका छन् ।


प्रतिक्रिया