Breaking

सुरक्षाकर्मीले अभिवादनमा विभेद गर्यो: सांसद रेणुका गुरुङ


काठमाडौँ — शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रेणुका गुरुङले मन्त्रालय मन्त्रीहरुको कार्यालय भएजस्तै संसद भवन सांसदहरुको कार्यालय भएको बताएकी हुन् ।

उनले भनिन्, ‘माननीय भनेको सबैले मान्य व्यक्ति भन्ने बुझिन्छ । सुरक्षाकर्मी कसैले अभिवादन गर्‍या छ, कसैले गर्‍या छैन । लापरबाही गरेको छ । गुरुङले क्यान्टिन र शौचालयमा पनि लापरवाही देखिएको गुनासो गरिन् ।

उनले भनिन्, ‘सरकारको प्रमुख तीन अंगमध्ये सबैभन्दा उच्च अंग व्यवस्थापिका सदनमा हामी छौं । व्यवस्थापिकामा कानुन निर्माण हुन्छ । सांसदलाई कानुन निर्माणको वातावरण चाहिन्छ । सांसद पनि सजीव प्राणी हो । भोक, तिर्खा, प्यास लाग्छ । क्यान्टिनमा गयो खानामा लापरबाही देखिन्छ । शौचालयमा भुइँभरी पानी पोखिएको हुन्छ ।