देश

सडकअवरुद्ध भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो


काठमाडौँ — गोरखाको बारपाकका एक बिरामीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ । उच्च रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको हेलिकोप्टरबाट आज काठमाडौँ ल्याइएको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक आज बिहान सडक भासिएपछि राजमार्ग अवरुद्ध छ । सडकमार्ग हुँदै जान नसकिने भएपछि दमौलीमा हेलिकोप्टर मगाएर काठमाडौ ल्याइएको परिवारले जनाएका छन् ।