Breaking

देशमा क्रान्तिको तयारी हुदैछ, अप्ठ्यारोमा पर्नासाथ पार्टी एकता हुन्छ : राजेन्द्र महतो (भिडियोसहित)


काठमाडौँ – स्थानीय तह निर्वाचनको नतिजाबाट धक्काको महसुस गरेका मधेशवादी दलहरुबीच एकताको विषयले मधेशको राजनीति तरंगित बनेको छ ।

विगतमा प्रदेश सरकार नै बनाउने हैसियत बनाएका उनीहरु अहिले टुटफुटका कारण आफ्नै आधार क्षेत्रमा अस्तित्वको लडाई लडिरहेको छन । जहाँ कांग्रेसले आफ्नो पुरानो शाख फिर्ता ल्याउदाँ मधेशवादी दलहरुका लागि भने चुनौती थपिएको छ । फलत जनता समाजवादी पार्टीबाटै फुटेर बनेको लोकतान्त्रिक समाजवादी पाटी र जसपा एक हुने विषय यतिवेला चर्चामा छ ।

स्थानीय तहको चुनावअघि जसपाले देशभर ७० देखि ८० र लोसपाले ३० देखि ४० पालिका जित्ने दावी गर्दै आएका थिए । तर उनीहरुले क्रमश ३० र १६ स्थानीय तहमा खुम्चिएपछि मदेशवादी दलवीच गठबन्धन वा एकता हुनुपर्ने दुवै पार्टीका नेताहरुको मनशाय छ ।

त्यसमा पनि जसपाका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव नै लोसपासँग एकताका लागि बढी हतारिएका छन् । पार्टीमा अर्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षकाको वहुमत र लोसपा पनि सकारमा सहभागी हुने कुराले अन्ततः एक भएर जानु नै हितकरण हुने यादवको बुझाई छ । यादवले महन्थ ठाकुरसँग भेटका लागि पनि प्रयास गरिरहेको दावीका वीच जसपाका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोसपालाई ल्याउँदा आफूलाई कुनै पनि आपत्ति नरहेको अभिव्यक्ती नै दिएका छन । स्थानीय निर्वाचनमा पार्टी विभाजनको असर देखिएको भन्दै उनले लोसपालाई एकीकरणका लागि आह्वान गरेका छन ।

जसपा र लोसपा फुट्दाको धक्का संघीय र प्रदेशमा पनि पर्ने देखिएको छ । यसलाई दृष्टिगत गरी जसपा र लोसपालाई मिलाउने प्रयास चलिसकेको छ । कम्तिमा चुनावी तालमेल सम्मको सहमति बनाउन खोजिएको छ । महन्थ ठाकुर र उपेन्द्र यादवबीच सहमति बनाउन जसपा र लोसपाका दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । यसै सन्दर्भमा योहो टेलिभिजनको योहो बहस कार्यक्रम लोसपाका वरिष्ठ नेता असँग गरिएको कुराकानी :