समाचार

धादिङमा पहिरोले घर पुर्दा एकजना बेपत्ता


काठमाडौँ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् ।

गएराति पहिरोले घर पुर्दा स्थानीय सीताराम खाण बेपत्ता भएको प्रहरी धादिङ प्रहरीले जनाएको छ ।

घटनास्थलमा जेसीवी लैजान नसकेपछि स्थानीयसँगको सहकार्यमा बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।