Breaking

आँबुखैरेनीमा पहिरो : दुई पुरुषको शव भेटियो


काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भत्किएको स्थानमा दुई पुरुषको शव फेला परेको छ ।

जिल्ला ट्राफिक कार्यालय तनहुँका अनुसार सडक भत्किएको मर्स्याङ्दी नदी किनारमा दुई शव फेला परेको जानकारी दिएको छ । तर मृतक दुवैको सनाखत हुन नसकेको उनले बताए ।

‘नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने देखिएको छ’ नेपालले भने । पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजी गरिरहेको छ ।

गएरातिदेखि वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भत्किएको हो । यसका कारण राजमार्ग अवरुद्ध बनेको छ ।