Breaking

जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ घाइते


काठमाडौँ — जाजरकोटको जुनिचाँदे– ५ बलेपुइना नजिक जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् ।

शुक्रबार बिहान ८ बजे जुनिचाँदे ५ गर्खाकोटबाट सुर्खेत जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप वडा कार्यालय नजिकको बलेपुइनामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी रामबाहादुर शाहीले जानकारी दिए । जीप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको शाहीको भनाइ छ ।