समाचार

सैनामैनाको कपास उद्योगमा आगलागी


काठमाडौँ – रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ ।

सैनामैना नगरपालिका–६ कलौनी पुरानो बजारमा रहेको शिव भवानी कपास उद्योगमा शुक्रबार बिहान आगलागी भएको हो ।

आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ लगायत जलेर नष्ट हुँदा ८६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।