Breaking

प्रधानमन्त्री र मेयरबीच भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र महानगरपालिका प्रमुख साहबीच भेटवार्ता भएको हो ।

भेटमा काठमाडौँको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।