काठमाडौँ — कोरोना महामारी र आन्तरिक विवादकै कारण पटक पटक सर्दै आएको नेपाल पर्वतारोहण संघ एनएमएको निर्वाचन शुक्रवार अर्थात भोलि हुँदैछ । राजनीतिक प्रभावबाट गिजोलिएको एनएमएमा आगामी नेतृत्वका लागि उम्मेदवारहरु पनि राजनीतिक दलको पृष्ठपोषणबाटै खडा भएका छन् ।
कोरोना महामारी र संस्थाको आन्तरिक विवादलाई देखाउँदै नेपाल पर्वातारोहण संघ एनएमएको नयाँ नेतृत्व छनौट कार्य सारिदै आएको थियो । पटक पटक विवाद र जालझेलमा रुमल्लीदै आएको संघले अन्तत जेठ २७ र २८ गते नयाँ पदाधिकारी चयनका लागि निर्वाचन घोषणा गरेको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलको दलदलमा फसेको एनएमएले पछिल्लो वर्षहरुमा निष्पक्ष पदाधिकारीहरु पाउन सकेको छैन । दलीय प्रभाव स्वरुप ठूला राजनीतिक दलहरुको पृष्ठपोषणमा उम्मेदवारहरु प्यानलसहित खडा हुने गरेका छन् । यद्यपी यस पटकको एनएमए पदाधिकारीमा एमालेको वर्चस्व हुने देखिएको छ । एनएमएको आगामी नेतृत्वका लागि पर्यटन व्यवसायी निमा नुरु शेर्पा र राजेन्द्र मान श्रेष्ठ अध्यक्षका उम्मेदवार बनेका छन । निमा नुरु शेर्पा नेकपा एमाले निटक व्यक्ति हुन् । उनलाई संघभित्रका ठूलो पंक्तिको भरोसा रहेको छ । एनएमएका पूर्व अध्यक्षहरु याङकीला शेर्पा, जिम्बा जाङबु शेर्पा र आङछिरीङ शेर्पाको समेत समर्थन निमानुरुलाई नै देखिएको छ ।
निवर्तमान अध्यक्ष शान्तबीर लामा भने तटस्थ देखिएका छन् । अध्यक्षका अर्का उम्मेदवार राजेन्द्रमान श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेस निकट समूहले यस पटक अध्यक्षमा उम्मेदवारी दिएन । जसको फाइदा उम्मेदवार निमानुरु शेर्पाले प्रचुर रुपमा लिने देखिन्छ । काँग्रेस निकट मोहन लम्सालले निमानुरु शेर्पाकै प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा आरोही माया शेर्पा उम्मेदवार बनेकी छिन् ।
उनले अध्यक्ष बाहेकका सबै पदमा प्यानल खडा गरेकि छिन् । माया शेर्पा पनि एमाले निकट पर्यटन व्यवसायी तथा आरोही हुन् । माया शेर्पा यस अघिको कार्यसमितिमा उपाध्यक्ष थिइन् । उपाध्यक्ष रहँदा उनले एनएमएका लागि महिला सशक्तिकरणका लागि उदाहरणीय कार्यहरु गर्न सफल भइन् । यस पटक माया शेर्पालाई अन्य आरोहीहरुले भरोसाा गरेको बताइन्छ । पर्वतारोहण संघ विशुद्ध आरोहीहरुको संस्था भएकाले यहि क्षेत्रका व्यतिm एनएमएको नेतृत्वमा आउने पर्ने उनको भनाई छ ।
पर्वतारोहण क्षेत्र नबुझेका हिमाल आरोहणका आरोह अवरोह वारे अनविज्ञ व्यतिmहरु एनएमएको नेतृत्वमा आउँदा पर्वतीय पर्यटन वारे नीति निर्माणमा सरकार चुकिरहेको छ भने पर्वतीय पर्यटनले फड्को मार्न नसकेको गुनासो निरन्तर छ । आगामी निर्वाचनले कस्तो नेतृत्व चयन गर्छ त्यो भने निर्वाचनपछि मात्र थाह हुनेछ । नेपालको एक मात्र अल्पाइन क्लबको रुपमा वि.सं २०३० सालमा नेपाल पर्वतारोहण संघ एनएमएको स्थापना भएको थियो । पर्वतीय पर्यटनको छाता संस्था नेपाल पर्वतारोहण संघ मुलुकको पर्वतीय पर्यटन क्षेत्रको विकास प्रवद्र्धन, पर्वतारोहरण क्षेत्रको मेरुदण्ड र आरोहीहरुको अग्रणी अविभावक संस्था हो ।


प्रतिक्रिया