Breaking

योगेश भट्टराईको हास्यास्पद अभिव्यक्ति, अर्काले लेखेको पढ्दा यसरी चिप्लिए


काठमाडौँ — यतिवेला नेपाली शेयर बजार ओरालो गतिमा छ । ३ हजार २ सय भन्दा माथि पुगेको बजार सुचक नेप्से घटेर २ हजारको विन्दुमा आइपुगेको छ । जसको मुख्य कारण केन्द्रीय बैंकको नीतिलाई मानिएको छ । तर, त्यहि नीतिको विरोध गर्न विहिबारको संसद बैठकमा उपस्थित भएका सांसद योगेश भट्टराईले उल्टो अर्थ आग्ने हास्यास्पद अभिव्यक्ती दिएका छन् ।

प्रतिनिधि सभाको विहिबारको बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले दिएको अभिव्यक्ती हो यो । भट्टराईले जानेर बोलेको भने पक्कै होइन भन्ने कुरा उनको बोल्ने सैलिले पनि प्रस्ट हुन्छ । केन्द्रीय बैकले शेयर कर्जाको सिमा १२ करोड सम्म तोकेको छ । जसमा पनि एउटा र्बैकबाट ४ करोडसम्म मात्र शेयर धितो राखेर कर्जा लिने व्यावस्था छ । जसको सिमा बढाउन माग गर्दै शेयर लगानिकर्ता सडक आन्दोलन मै होमिएका छन् ।

तर विहिबारको बैंठकमा बर्तमान सरकारको चर्को आलोचना गर्ने हेतुले संसद बैठकमा उपस्थित साँसद भट्टराईले लगानिकर्ताको हितमा बोल्न भनेर रोस्टम त पुगे तर उनले उल्टो अर्थलाग्ने गरि अभिव्यक्ती दिएका छन् । उनको भनाई अनुसार जारि नीति तत्काल परिवर्तन गरिनु हुन्न भन्ने छ । तर त्यहि नीतिका कारण बजार यतिवेला निरन्तर घटेको विश्लेषण भै रहेको छ ।

सांसद भट्टराईले संसदमा दिएको अभिव्यक्ती कसैले लेखिदिएको प्रस्टै देखिन्छ । उनको भाषण लेखिदिने मान्छेले नै गलत लेखिदियो या त उनले गलत पढे भन्ने कुरा उनै जानुन । तर, कानुन बनाउने ठाउमा पुगेर गलत तथ्य बोल्दा त्यसको असर कस्तो पर्छ भन्ने कुरा सांसद हरुले बुझ्न जरुरि छ । सरकारले बनाउने नीतिका कारण अर्थतन्त्र नै नाजुक भैरहेको चर्चाका विच कस्ता प्रतिनिधीले कानुन बनाउछन भन्ने पुस्टी भट्टराईको अभिव्यक्तीले दिएको छ ।

राजनीनिक दलहरु आफु पनि नजान्ने र अरुले पनि भनेको नमान्ने हूदा केहि समय अघि केन्द्रीय बैंकका गभर्नरलाई हटाउन सरकार समेत उद्त देखीएको थियो । त्यसमाथि अर्थमन्त्रीलाई समेत अर्थतन्त्रको ज्ञान नभएको भन्ने चर्चा पनि छ । यतिवेला देशको अर्थतन्त्र साथसाथै सेयर बजारको अबस्था नाजुक छ । कारण गलत नीतिकै हो । सरकारमा बसेकालाई अर्थतन्त्रको बारे केहि जानकारी नहुने त केहि स्वार्थ समुहको दुनु सोझ्याउन कानुन नै परिवर्तन गर्न उत्दत देखिदा देश आर्थिक संकट तर्फ धकेलिने अवस्थामा नपुग्ला भन्न सकिन्न ।