काठमाडौँ — भारत सरकार यति बेला मुस्लिम देशसँगको कूटनीतिक विवादमा फसेको छ । इस्लाम धर्मका प्रणेता पैगम्बर मोहम्मदबारे भाजपा नेतृको विवास्पद टिप्पणी मोदी सरकारलाई महंगो साबित भएको छ । कुटनीतिक क्षेत्रका ज्ञाताहरु भन्छन राजनीति र कुटनीति एक व्यक्ति र विधा होइन, टिमको काम हो । टिममा गल्ती सानो होस् या ठूलो, एक जनाले गरेको गल्तीले सिंगो प्रणालीमाथि प्रश्न उठ्छ । अझ नेतृत्वमा रहेका वा उच्च ओहोदामा बसेकाहरुले गर्ने गल्तीको मुल्य मुलुकले नै चुकाउनु पर्छ । अहिले छिमेकी मुलुक भारत यहि दुरदशाबाट गुज्रिरहेको छ ।
सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रवतmा समेत रहेकी नुपुर शर्माले केहि दिन अघि टेलिभिजन बहसका क्रममा पैगम्बर मुहम्मदको विषयमा गरेको यो विवादास्पद टिप्पणी उनका लागि मात्र नभई पार्टी र मुलुककै लागि भारी परेको छ । उनको यो अभिव्यतिm पछि भारतीय मुस्लिमहरु विरोधमा उत्रिएका छन भने एक दर्जनभन्दा बढी इस्लामिक मुलुकले आपत्ति जनाएका छन । भारत सरकार इस्लामिक मुलुकबीच कुटनीतिक संकट छाएको छ ।
मध्यपूर्वका मुलुकहरुले शर्माको टिप्पणीको भत्सर्ना गरेपछि भाजपाले पार्टी ‘कुनै सम्प्रदाय वा धर्मको बेइज्जती गर्ने जुनसुकै विचारधाराविरुद्ध रहेको’ प्रष्टाउँदै शर्मालाई पार्टीबाट निलम्बन गरिसकेको छ । निलम्बनपछि शर्माले पनि वक्तव्य सहित आफ्ना शब्दहरु ‘निसर्त’ फिर्ता लिइसकेको बताएकी छिन । शर्माको अभिव्यतिले भारत सरकारको प्रतिनिधित्व नगर्ने भन्दै भारतीय कुटनीतिक नियोगहरुले स्पष्ट पारिसकेका छन ।
तर पनि भारतमा अपमान जनक टिप्पणी गर्ने नुपुर शर्मालाई कारवाहिको माग चर्को रुपमा उठेको छ । सन् २००८ देखि राजनीतिक करिअर सुरु गरेकी शर्मा अंग्रेजी र हिन्दी दुवै भाषामा तर्क गर्ने सक्ने खरो र सुस्पष्ट बोल्ने कलाकै कारण २०१३ को दिल्ली विधानसभा चुनावका बेला भाजपाको मिडिया कमिटीमा चुनिएकी थिइन । दुई वर्षपछि पुनः चुनाव हुँदा उनी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालविरुद्ध भाजपाकी उम्मेदवार थिए ।
चुनाव हारे पनि उनी वाककलाकै कारण उनी २०२० मा भाजापको ‘राष्ट्रिय प्रवक्ता’ बनेकी थिइन । ३७ वर्षीया वकिल शर्मा हरेक जसो टीभी बहसमा सहभागी हुन्थिन् र प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको प्रतिनिधित्व जनाउथिन्, बचाउ गर्थिन् । शर्माको अभिव्यतिmवारे प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया जनाएको छैन । भारत सरकारले यो विषयलाई कसरी सम्बोधन गर्छ ? इस्लामिक मुलुकहरुको प्रतिक्रिया र कुटनीतिक सम्बन्ध कसरी अगाडि बढाउँछ ? चासोको विषय बनेको छ ।


प्रतिक्रिया