देश

चट्याङ लागेर २ जनाको ज्यान गयो


काठमाडौँ — सप्तरीमा चट्याङ लागेर आज बिहीवार दिउँसो दुई जनाको ज्यान गको छ । ज्यान गुमाउनेमा बोदे बरसाइन नगरपालिका ३ मधुवनका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव रहेका प्रहरीले जनाएको छ ।

घर नजिकै गाईगोरु चराउन गएका बेला चट्याङ लागेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । पानी परिरहेका बेला एउटै छातामा ओत लागेका दुवै जनाको चट्याङ परेर घटनास्थलमै ज्यान गएको हो ।

ज्यान गुमाउनेहरूको शव अहिले पोस्टमार्टमका लागि राजविराजको गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा पठाइएको छ ।