काठमाडौँ — पाकिस्तानका चर्चित टिभी स्टार तथा कराँचीबाट पीटीआई नेशनल एसेम्बलीका सदस्य डा. अमिर लियाकत हुसैनको कराँचीमा निधन भएको छ ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो तर चिकित्सकका अनुसार अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको थियो ।
उनको मृत्युको यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको पोस्टमार्टम हुनेछ । आमिर लियाकतको निधनका कारण राष्ट्रिय सभाको बैठक शुक्रबार साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया