काठमाडौँ — सत्ता गठबन्धन मध्येको एउटा प्रमुख दल नेकपा एकीकृत समाजवादीले सरकारमा गएका मन्त्रीहरू फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेपछि गठबन्धनका दल र स्वयं पार्टी एकाएक तरंगित बन्यो । सिफारिस भएका नयाँ मन्त्रीहरूले शपथको समय कुरिरहँदा प्रधानमन्त्रीले अहिले मन्त्रिपरिषद् हेरफेर नगर्ने निर्णय सुनाइदिए, पुरानै मन्त्रीहरूले यथावत् काम गरे । बाहिरबाट हेर्दा घटना यहींनिर रोकिएझैं लागे पनि नेकपा एकीकृत समाजवादी पार्टीभित्रको तरंग साम्य भइसकेको छैन ।
पार्टीका शीर्ष नेताहरूले आफ्नो निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई बारम्बार ताकेता गरिरहेका छन् । बुधबार बिहान मात्रै पनि प्रधानमन्त्रीलाई भेटेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालले पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न अनुरोध गरेका छन् । उसो त यो गठबन्धनसँग नेकपा एकीकृत समाजवादीको थुप्रै आक्रोश र असन्तुष्टि बाहिर आएका छन् ।


प्रतिक्रिया