Breaking

यो सरकार बनेदेखि शेयर बजार घटेको घट्यै छ: सांसद योगेश भट्टराई


काठमाडौँ — नेकपा एमालेका सांसद तथा सचिव योगेश भट्टराईले वर्तमान गठबन्धनको सरकार बनेदेखि शेयर बजार घटेको घट्यै गरेको बताए । प्रतिनिधि सभामा बोल्दै सांसद भट्टराईले यो सरकारले बनाएका गलत नीति र मन्त्री तथा गठबन्धन दलका नेताहरूका गलत भनाइले गर्दा शेयर घटेको आरोप लगाएका छन् ।

‘अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र आज केही महिनादेखि अशान्त छ, समस्याग्रस्त महत्त्वपूर्ण अर्थतन्त्रको क्षेत्र केही महिनादेखि अशान्त छ, समस्याग्रस्त छ । यो सरकार बनेपछि, सरकारमा सामेल भएका राजनीतिक दलका केही नेताहरूको अभिव्यक्तिबाट शेयर बजार चिन्तित अवस्थामा छ । आज पनि शेयर धितो कर्जाको सीमा बैंकबाट चार करोडदेखि बढीमा १२ करोड रुपैयाँसम्म राखिएको छ, यसलाई हेरफेर गर्न खोजिँदैछ ।

यो किन हेरफेर गर्ने यसले के असर गर्छ यसभन्दा अघि लिइरहेको कर्जाको अवस्था के हुन्छ रु पर्याप्त अध्ययन नभइकन यस्ता कतिपय नीतिहरू ल्याउँदा समस्या आएको छ, यसतर्फ सरकारको ध्यानकर्षण गराउँछु’, भट्टराईले भने ।