Breaking

त्रिपाठीको प्रश्न : थारु र मधेशी देख्नेबित्तिकै प्रहरीले गोली चलाउनपर्ने हो ?


काठमाडौँ — प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले प्रहरी प्रशासनले थारु र मधेशीलाई देख्नेबित्तिकै गोली नै हान्नुपर्ने प्रवृत्तिको अन्त्य कहिले हुने भन्दै प्रश्न गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा जारी छलफलमा भाग लिँदै उनले बर्दियामा बाघको आक्रमणबाट बच्न खोज्दा पुलिसरुपी राक्षसको आतंकबाट मृत्यु भएको टिप्पणी गरे ।

‘बर्दियामा बाघको आक्रमणबाट बच्न खोज्ला पुलिसरुपी राक्षसको आतंकबाट मृत्यु भयो। हाम्रा पुलिस प्रशासनले यो थारु र मधेशीलाई हेर्ने बित्तिकै गोली नै हान्नुपर्ने प्रवृत्ति कहिले अन्त्य हुने हो ? यो विषय धेरै चिन्ताको विषय भएको त्रिपाठीले भने।

‘यस्तै प्रतिघृणा अर्कोतर्फ हुन थाल्यो भने हामी कहाँ पुग्ने हो ? यो साह्रै चिन्ताको विषय छ ।’