Breaking

मेलम्चीमा पानीको बहाव बढ्यो, अस्थायी पुलमा क्षति


काठमाडौँ – मेलम्ची खोलामा पानीको बहाव बढेको छ । मेलम्ची वडा नम्बर – ७ र ११ जोड्नका लागि बनाइएको अस्थायी पुलमा पनि क्षति पुगेको छ ।

निरन्तरको वर्षापछि आएको बाढीले फट्टेमा राखिएको ह्युमपाइपमा क्षति पुर्‍याउँदा आवतजावतमा समस्या परेको छ । मेलम्ची क्षेत्रका ६ वटा वडाका नागरिक प्रभावित भएको राससले जनाएको छ ।

अघिल्लो वर्षको असार १ गते आएको बाढीले त्यहाँ रहेको पक्की पुल बगाएको थियो ।