समाचार

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु


काठमाडौँ — कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका २ पाण्डेचोक साडेपानीमा गएराति मोटरसाइकलको ठक्करबाट स्थानीय ५५ वर्षीय तारा रावलको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी रावलको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ०१ ००८ प ६४०७ नम्बरको मोटरसाइकलले गएराति सवा ९ बजे पैदलयात्री रावललाई ठक्कर दिएको हो ।

मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय सुखड कैलालीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।