Breaking

आधा कुहिएको अवस्थामा शव भेटियो, ५ दिनसम्म शवकै अघि रोएर बसे आमाबुवा,काँग्रेस–एमालेले छोरा खाए


काठमाडौँ — स्थानीय तह निर्वाचनको मतपरिणामलाई राजनीतिक दलहरु सहजै स्वीकार्न सकिरहेका छैनन । हारजितलाई लिएर सामाजमा आपराधिक उदण्डनै मच्चाएका धेरै उदाहरण छन् । तर अछाममा राजनीतिक प्रतिशोधकै कारण १६ बर्षीय किशोरको हत्या गरिएको छ । स्थानीय १६ बर्षे किशोर विनोद शाहीको शव पाँचदिनपछि आधा कुहिएको अवस्थामा भेटिएदेखि नै अछामको पञ्चदेवल विनायक नगरपालिका अशान्त बनेको छ । जेठ १७ गते राति हराएका विनोदको शव जेठ २१ गतेमात्रै स्थानीय जंगलमा भेटिएको थियो । हत्याको १० दिन वित्न लाग्दासमेत परिवारले शव उठाउन मानेको छैन भने राजनीतिक प्रतिशोधका कारण हत्या गरिएको भन्दै आक्रोशित स्थानीयहरुले विरोध गरिरहेका छन् ।

गाउँमा स्थानीय तहको निर्वाचनलाई लिएर विवाद हुँदै आएको थियो ।प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र एमालेबीच निर्वाचनअघिदेखि नै सानातिना मनमुटाव र झडपभइरहेका थिए । तर बैशाखको ३० को मतदानमा काँग्रेस कार्यकर्ताले एमाले समर्थक मतदाताको भोट हाल्न खोजेपछि दुबै पक्षबीच झडप भयो । जेठ १६ सम्म आइपुग्दा नगरपालिकाको नेतृत्वमा काँग्रेस विजयी भयो । विवाद थप चुलिएरदुबैपक्ष उग्र बनेसँगै गाउँको अवस्था नै तनावग्रस्त बनेको थियो । जेठ १७स्थानीय सरकारले प्रहरी बोलाएर घटनालाई रोक्ने प्रयास गरेको थियो । तर प्रहरी प्रशासन र स्थानीयबीच पुनः झडप भएपछि प्रहरीले महिलाहरुमाथि नै हातपात गरेको थियो । त्यसमा केही गर्भवती महिला र बालबालिकासमेत परेका थिए ।

यही रात विनोद बेपत्ता भएका थिए । त्यसको पाँच दिनसम्म नभेटिएका उनकोजेठ २१ गते स्थानीय जंगलमा शव भेटिएपछि परिवारमाथि बज्रपात परेको छ । विनोदका बुवा एमालेका सामान्य समर्थक मात्रै थिए । विनोदलाई पनि राजनीतिका बारेमा धेरै ज्ञान थिएन । प्रहरी आएर स्थानीयका घरघरमा पस्न थालेपछि पक्राउ पर्ने डरले साथीहरुसहित उनी पनि लुक्न गएका थिए ।ज्यान बचाउन घर छोडेका उनले संसार छोडेपछि परिवार शोकमा डुबेको छ ।

तर काँग्रेस कार्यकर्ताले बेपत्ता बनाएर हत्या गरेको भन्दै एमालेहरुले अहिले विरोध गरिरहेका छन् । घटनालाई राजनीतिक रंग दिएपछि एमालेको विज्ञप्तीमाथि खण्डन गर्दै काँग्रेसले समेत आफ्नो भनाइ सार्वजनिक गरेको छ ।घटनामा नवनिर्वाचित मेयर अम्बिका चलाउनेको समेत संलग्नता रहेको भन्दै उनको घर तोडफोड र प्रहरीको कार्यालय तथा गाडीमाथिसमेत तोडफोड गरिएको छ । हत्यामा स्थानीय सरकार र प्रहरीको समेत हात रहेको भन्दै अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य यज्ञ बोगटीले सदनमा कुरा उठाएपछि सभामुखले सत्यतथ्य छानबिन गर्न निर्देशन दिएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा समेत सांसद गगन थापाले छानबिन गर्न माग गरेका छन् ।

निर्मम तरिकाले हत्या गरिएको भन्दै परिवारले जंगलबाट शव उठाउन मानेको छैन ।हत्याको १० दिन पुग्न थालिसक्दा समेत शव नउठेपछि थप कुहिँदै गएको छ । सुदूरपश्चिम प्रहरीले अनुसन्धानका लागि एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली खटाएको छ । अहिले हत्या आरोपमा चार जना पक्राउ परेका छन् । तर घटनामा राजनीतिक रंग जोडिएकाले दोषी उम्कने सम्भावना बलियो बनेको छ ।