Breaking

एमालेमा खतराको घण्टी बजिसकेको नेपालको टिप्पणी


काठमार्डौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावपछि एमालेमा खतराको घण्टी बजिसकेको टिप्पणी गरेका छन् । यदि एमालेले समयमै नचेतेमा ठुलो विनाश हुनसक्ने नेपालले बताए । बुधबार संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले स्थानीय तहको चुनावको परिणामले एमालेको हैसियत स्पष्ट पारिसकेकाले बेलैमा सचेत हुनुपर्ने बताए ।

केपी ओलीले गठबन्धन फुटाउन प्रयास गर्नु अस्वाभाविक होइन । तर उहाँ केपी ओलीको त्यो प्रयास सफल हुन दिने वा नदिने हामीमा भर पर्छ नेपालले भने, उहाँ केपी ओली बेलैमा रुपान्तरण भए, विगतमा भएका कमीकमजोरी आत्मालोचना गरेको भए बेग्लै कुरा हुने थियो । त्यो केही हुन सकेन ।