Breaking

त्रिभुवन विश्वविद्यालयमा फेरि दोहोरियो प्रश्न पत्र


काठमाडौँ – त्रिभुवन विश्वविद्यालयमा पुनः अघिल्लो वर्षसँग प्रश्नपत्र हुबहु जुधेको छ । बुधबार भएको राजनीतिशास्त्र एमएको परीक्षामा अघिल्लो वर्षसँग जस्ताको त्यस्तै प्रश्नपत्र दोहोरिरएको हो ।

यसै हप्ता स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा पब्लिक अर्थशास्त्रको प्रश्नपत्र पनि अघिल्लो वर्षसँग हुबहु मेल खाएको थियो ।

उक्त प्रश्नपत्रबारे त्रिविले छानबिन अघि बढाइरहेका बेला बुधबार राजनीतिशास्त्रको पनि प्रश्नपत्र अघिल्लो वर्षसँग मेल खाएको हो ।