काठमाडौँ — नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले बल प्रयोग गरेर गरिने फोहोर व्यवस्थापन दीर्घकालीन नहुने बताएकी छन् । प्रहरीले बन्चरेडाँडामा मंगलबार र बुधबार बल प्रयोग गरेको छ । काठमाडौंबाट फोहोर बोकेर पुगेका गाडी स्थानीयले रोकेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
‘स्थानीय जनप्रतिनिधिसँग छलफलमा बस्ने तर जनप्रतिनिधि बैठकबाट बाहिरिन नपाउँदै उता भने बल प्रयोग गरेर फोहोर व्यवस्थापन दीर्घकालिन हुँदैन मेयरमा पराजित भएकी उनले ट्वीट गर्दै भनेकी छन्, यसो गर्नु राम्रो पनि होइन भनेर बुझ्नुपर्यो ।
उनले सहमतिअनुसार कामकारबाही गर्न पनि आग्रह गरेकी छन् । ‘कारकारबाही सहमतिअनुरूप हुनुपर्यो । काठमाडौंको होस् वा बन्चरेडाँडाका जनता सबैलाई न्याय होस्उ नले भनेकी छन् ।


प्रतिक्रिया