Breaking

लोसपालाई पार्टी एकताको लागि उपेन्द्र यादवको आह्वान


काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोसपालाई पार्टी एकताका लागि आह्वान गरेका छन् ।

उनले फुटेर नभई जुटेर चुनावमा जानका लागि समेत लोसपालाई सुझाए । यादवले पाँच दलीय गठबन्धनमा सहभागी भएमा लोसपालाई स्वागत गर्ने पनि बताएका छन् । उनले चुनाव अघि नागरिकता विधेयक पारित गरि सजहरुपमा नागरिकता वितरणको व्यवस्था गर्न माग गरे ।

मधेस प्रदेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलाई पुनःनिर्धारण गर्न पनि यादवले माग गरे । बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले वर्तमान संसदीय निर्वाचन क्षेत्र अनुसार मधेसको जनसंख्या राष्ट्रिय जनगणना अनुसार ५३ प्रतिशत वृद्धि भएकोले निर्वाचन क्षेत्र पुनः निर्धारण गर्न माग गरेका हुन् ।