Breaking

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ – संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।
बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरुमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जानकारी दिएको छ ।