काठमाडौँ — काठमाडौंको दक्षिणकाली नगरपालिका फर्पिङको जंगलमा मृतक फेला परेका दुई जना युवायुवतीको पहिचान खुलेको छ ।
मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका १९ वर्षीय मनिष ठकुरी र दाङ राप्ती गाउँपालिकाका १९ वर्षीया विमला कुमालको शव फेला परेको जिल्ला प्रहरी परीसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
प्रहरी उपरीक्षक मैनालीका अनुसार सोमबार बिहान फर्पिङको जंगलमा उनीहरूको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो । शव फेला परेको ठाउँनजिकै विषको बट्टा पनि फेला परेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया