काठमाडौँ — आईसीसी यू(१९ महिला टी २० विश्वकप एसिया छनोटबाट नेपाल बाहिरिएको छ । नेपाल मंगलबार थाइल्याण्डसँग पराजित भएसँगै विश्वकप एसिया छनोटबाट बाहिरिएको हो ।
मलेसियाको युकेएम ओभल मैदानमा भएको खेलमा नेपाल ४९ रनले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन जोडेको थियो । जवाफी ब्याटिङ्मा उत्रेको नेपालले १९.५ ओभरमा अलआउट हुँदै ४० रन मात्र जोड्न सक्यो ।
बिहिबार नेपालले अन्तिम खेलमा मलेसियासँग खेल्नेछ । नेपालले ४ खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया