समाचार

चट्याङ लागेर महिलाको मृत्यु


काठमाडौँ – मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

चट्याङ लागेर ३७ वर्षीया जमुनामाया मोक्तानको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार सोमबार साँझ साढे ६ बजेतिर वर्षासँगै आएको चट्याङ उनलाई लागेको हो।

मोक्तानको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।