समाचार

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, एक घाइते


काठमाडौँ – कास्कीको पोखरा महानगरपालिका–२५, हेम्जामा मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार स्थानीय २७ वर्षीय अक्षयराज कुँवरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । घाइते भएका ३५ वर्षीय दिलीप कुँवरको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

गए राति करिब साढे ९ बजे नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको ग१०प ७६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । मोटरसाइकलमा सवार दुईमध्ये चालक को हुन् भन्ने खुल्न नसकेको अस्थायी प्रहरी पोसट हेम्जाले जनाएको छ ।