Breaking

आजदेखि उपत्यकाको फोहोर उठ्ने


काठमाडौँ — काठमाडौँ उपत्यकाको फोहोर आजबाट उठाइने भएको । सिसडोल र बन्चरेडाँडा फोहोर लैजान दिने सहमति भएसँगै आजदेखि काठमाडौँ उपत्यकाको फोहोर उठाइने भएको हो ।

सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति भएको थियो ।

सहमतिअनुसार बञ्चरेडाँडामा ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा सहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि विभिन्न पाँचवटा सडकका लागि रु। ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन मन्दिर निर्माण र वृक्षारोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गरिएको छ । जसका लागि जम्मा दुई करोड १२ लाख रुपैयाँ खर्च गर्ने सहमति भएको छ ।