काठमाडौँ — रुस–युक्रेन युद्ध र विश्वभर मौसम प्रतिकुलताका कारण उत्पादन घट्दा विश्वव्यापी खाद्य संकट उन्पन्न हुने संकेत देखिएको छ । जसको प्रभाव स्वरुप विश्वभर खद्यान्यमा मुल्य आकासीएको छ भने केहि देशमा भोकमरी सुरु भएको छ । तीन महिनाभन्दा बढी समयदेखि चलिरहेको रुस–युक्रेन युद्ध र विश्वभर देखिएको मौसम प्रतिकुलताका कारण विश्वसामु खाद्य संकट खडा गरिदिएको छ । सबै देशहरू पहिले आफ्नो आवश्यकता पूरा गर्न केन्द्रित छन् । यसै कारण भारतले गहुँलगायत केही अत्यावश्यक वस्तुको निर्यातमा पनि प्रतिबन्ध लगाएको छ ।
तर, भारतको यो निर्णयले विश्व बजारमा प्रतिकूल प्रभाव परेको छ । निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वमा गहुँको मूल्य ह्वात्तै बढेको छ र रेकर्ड उच्च स्तरको नजिक पुगेको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ)का अनुसार रुसले युक्रेनमा आक्रमण गरेपछि दुवै देशमा गहुँको उत्पादनमा कमी आएको छ ।
यसैबीच भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएको छ । जसका कारण जेठमा लगातार चौथो महिना गहुँको भाउ बढेको हो । विश्वमा गहुँको मूल्य मे महिनामा ५.६ प्रतिशतले बढेको छ र हाल गत वर्षको मे महिनाको तुलनामा ५६.२ प्रतिशतले बढेको छ । यो मार्च २००८ को रेकर्ड स्तरभन्दा ११ प्रतिशत मात्र कम हो । यसबीचमा भारतले निर्यातमा प्रतिबन्ध लगाएको छ । यिनै कारणले गहुँको भाउ लगातार बढेको छ । तर, मे महिनामा विश्वभर मोटा अनाजको मूल्य केही घटेको राम्रो कुरा हो ।
तर, मे महिनामा २.१ प्रतिशतले नरम भएपछि पनि तिनको मूल्य एक वर्ष अघिको तुलनामा १८.१ प्रतिशतले बढी छ । एक महिना अघिको तुलनामा मे महिनामा समग्र मूल्य सूचकाङ्क ०.६ प्रतिशतले घटेर १५७ दशमलव ४ अंकमा झरेको एफएओले जनाएको छ । तर, यो एक वर्ष अघि अर्थात मे २०२१ को तुलनामा २२.८ प्रतिशत मात्र बढी हो । अर्कोतर्फ, खाद्यन्यको मूल्य सूचाङ्क २०२२ को अप्रिलदेखि मे महिनामा २.२ प्रतिशत र सन् २०२१ को मे महिनामा २९ दशमलव ७ प्रतिशतले १७३.४ अंकले बढेको छ ।
यसले खाद्यान्नको औसत मूल्य घटे पनि खाद्यान्नको हकमा भने जनतालाई राहत मिलेको देखाउँछ । सन् २०२२ को मे महिनामा लगातार पाँचौं महिना पनि चामलको मूल्य बढेको संगठनले जनाएको छ । उसका अनुसार प्रायः सबै प्रमुख बजार क्षेत्रमा कोटेशन बढेको छ । उता, मकै र चिनीको मूल्यमा भने ह्रास आएको छ । अमेरिकामा बालीको अवस्था सुधार, अर्जेन्टिनामा मौसमी आपूर्ति र ब्राजिलमा फसल काट्ने सिजन सुरु भएकाले मे महिनामा मकैको भाउ ३ प्रतिशतले घटेको थियो तर एक वर्ष अघिको तुलनामा अझै पनि १२.९ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया