Breaking

शैक्षिक सुधार सँगै सरकारी विद्यालयमा बढे विद्यार्थी


काठमाडौँ — रोल्पाको सदरमुकाम लिवाङस्थित बालकल्याण नमुना माध्यमिक विद्यालयमा पछिल्ला केही वर्षयता विद्यार्थीको अत्यधिक चाप बढेको छ । शिशु कक्षादेखि १२ कक्षासम्म र सिभिल इन्जिनियरिङको डिप्लोमा र प्रिडिप्लोमा तहको पढाइ हुने यस विद्यालयमा दुई हजार ७६८ विद्यार्थी अध्ययनरत छन् ।

चालु शैक्षिक सत्रमा शिशु कक्षादेखि १० कक्षासम्म एक हजार ८१४ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा गरी ८२२, सिभिल ईन्जिनियरिङको डिप्लोमा र प्रि डिप्लोमा तहमा १४० जना अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

जिम्मेवार शिक्षक, अनुशासित विद्यार्थी र अभिभावको निरन्तर सहयोग र निगरानीका कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोखरेलले बताए । वर्षेनी दईरतीन सय विद्यार्थी निजी विद्यालय छाडेर आफ्नो विद्यालयमा आउने गरेको पोखरेलले जानकारी दिए ।

विद्यालयमा शिशु कक्षादेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ । शिशु कक्षादेखि कक्षा ५ सम्म अंग्रेजी माध्यम अनिवार्य बनाइएको छ भने कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यम दुबैमा पढाइ हुँदै आएको छ । कक्षा ११ र १२ मा विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा र कम्युटर विज्ञानको पढाइ भइरहेको विद्यालयले जनाएको छ । केही वर्षयता सो विद्यालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त गरी सव(ईन्जिनियर र सव(ओभरसियर विषयमा समेत पठन पाठन गर्दै आएको छ ।