Breaking

माओवादी केन्द्रमा मन्त्री फेर्ने तयारी छैन: शक्ति बस्नेत


काडमाडौँ — नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले पार्टीबाट मन्त्री फेर्ने तयारी नभएको बताएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै जनता समाजवादी पार्टी (जसपा) मा समेत मन्त्री फिर्ता बोलाउने प्रेसर बढाए पनि माओवादीमा भने कुनै प्रेसर नभएको बस्नेतले बताए । आगामी आर्थिक वर्षको बजेट भर्खरै आएको छ ।

त्यहीँ बजेटलाई कार्यन्वयन गरेर जाँदा प्रभावकारी काम हुन्छ । तत्काल मन्त्री फेर्दा काम पनि धेरै हुन पाउँदैन’ रातोपाटीसँग कुरा गर्दै बस्नेतले भने, ‘अब ५÷६ महिनामै प्रदेश र संघको चुनाव गर्नुपर्नेछ । त्यसैले तत्काल मन्त्री फेर्ने चक्करमा छैनौ । अध्यक्ष प्रचण्ड पनि मन्त्री फेर्ने पक्षमा हुनुहुन्न । सांसदहरुले मन्त्री हुनुपर्यो भनेर दबाब पनि दिएका छैनन् ।’ अहिलेकै मन्त्रीहरुको सेटले चुनावसम्म ढुक्कसँग काम गर्ने बस्नेतले बताए ।

‘एकीकृत समाजवादी र जसपामा मन्त्री फेर्ने भन्ने कुरा थियो । त्यहीँ मानसिकताका साथ सरकारमा जानुभयो’ बस्नेतले भने, ‘तर, माओवादीमा त्यस्तो केही भनिएको थिएन । अहिलेकै मन्त्रीको सेटले चुनावसम्म चलाउनुहुन्छ ।’ मन्त्रीले गर्ने राम्रारनराम्रा कामको समीक्षा भने हुने बस्नेतले बताए । अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा उर्जा मन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेल, खेलकुद मन्त्री महेश्वरजंग गहतराज, भूमिसुधार मन्त्री शशी श्रेष्ठ र शिक्षा राज्यमन्त्रीमा बोधमाया यादव छिन् ।