Breaking

पाँच दशकसम्म औपचारिकतामै सीमित हुँदा सोचेजस्तो उपलब्धी हुन सकेन


काठमाडौँ — आज अन्तर्राष्ट्रिय वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । वातावरण दिवस प्रत्येक वर्ष मनाउने गरिए पनि औपचारिकतामा मात्र सीमित हुँदा यो दिवस उपलब्धीविहीन देखिएको छ । आज जुन ५ अथात् विश्व वातावरण दिवस । ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘दिगो प्रकृतिमैत्री जीवनयापन ः पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

दिवसको अवसरमा राष्ट्रपति लगायत राज्यको उच्च पदस्थ व्यक्तिहरुले वातावरण संरक्षणको अभियानमा आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन आह्वान गरेका छन् । विश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । यसरी प्रत्येक वर्ष वातारण दिवस मनाउदै आएको ५० वर्ष भइसकेको छ ।

उत्साहका साथ मनाउँदै आएको ५ दशकसम्म वातावरणमा निकै सुधार भइसक्नु पर्ने हो । तर, यो दिवस औपचारिकतामा मात्र सीमित हुँदा हाल वातावरणको अवस्था झनै दयनीय बन्दै गएको छ । पछिल्लो समय वैश्विक वातावरणमा भइरको प्रतिकुल असरले जैविक विविधतामा ह्रास त ल्याएकको छ नै कृषि प्रणालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवं प्रभाव पनि बढेको छ ।

ठूलो वातावरणीय संकटबाट गुज्रिरहदा यसको असरबाट नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश बढीमात्रामा प्रभावित भइरहेका छ । बाक्लो रुपमा भइरहेको वन फडानी जस्ता कार्यले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको केही कसैसँग लुकेको छैन ।

वातावरणकै कारण देखाउँदै सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ । करीब २४ लाख सालका साना–ठूला रुख काट्नु पर्ने भए पछि वातावरण र वन्यजन्तुलाई अपूरणीय क्षति पु¥याउने भन्दै सर्वोच्चले विमानस्थल निर्माणका रोक्न आदेश दिइसकेको छ । विश्वभर पृथ्वी एउटै छ र यो कोही कसैको निजी सम्पति पनि होइन । यहाँ सृष्टि भएका हरेक चिजमा भावी पुस्ताको पनि अधिकार छ । त्यसैले जोखिममा रहेका सबै प्रजातिलाई भावी पुस्ताको लागि संरक्षण गर्न अत्यावश्यक छ ।