Breaking

माधवले फेरे मन्त्री, ठेगान लागे झाँक्री–आले, नयाँ मन्त्रीका अनुहार रहर मेट्ने खाले, रहर मेट्न मन्त्री


काठमाडौँ — नेकपा एकीकृत समाजवादीले चारमन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको सूची प्रधानमन्त्रीलाई पठाएको छ । अब उनीहरुको कार्यकाल ६ महिनाभित्रै हुने संसदीय निर्वाचनसम्मको हुनेछ । रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ र विरोध खतिवडाको पालो पुँगेपछि आइतबार नेकपा एकीकृत समाजवादीलेचारनयाँमन्त्रीको नाम बालुवाटारमा पठायो । सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषद्मा सहभागी भएका उनीहरुले कार्यकालमा कामभन्दा धेरै रहर पुरा गरे ।

उस्तै रहर मेट्नका लागि मेटमणि चौधरी, जीवनराम श्रेष्ठर शेरबहादुर कुँवरलाई मन्त्री बनाएर पठाएको समाजवादीले हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाएको छ ।स्वास्थ्य राज्यमन्त्रीको हैसियतमा रहेका भवानी खापुङलाई भनेविरोध खतिवडाको ठाउँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।यता झाँक्रीको ठाउँमा मेटमणि चौधरी शहरी विकासमन्त्री, आलेको ठाउँमा जीवनराम श्रेष्ठ पर्यटनमन्त्री, श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवर श्रममन्त्री बनेका छन् ।उनी अब झण्डै ६ महिनासम्म सरकारमा रहनेछन् ।


पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै गतबर्षको असार २९ मा प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवाले ८८ दिनपछिमात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।चार मन्त्रीसहित एक राज्यमन्त्रीको भाग पाएर एकीकृत समाजवादी सरकारमा सहभागि भएको थियो । जसमा सबैभन्दा चर्चाको पात्र रामकुमारी झाँक्री बनेकी थिइन् । झाँक्रीको सत्ता यात्राले सबैमा आश पलाएको थियो । तर उनले कार्यकालको नौ महिने अवधिमाधोविखोलाको निरीक्षण र पिर्के सलामीभन्दा अर्काे उपलब्धी देखाउन सकिनन् ।

बरु पर्यटनमन्त्रालय सम्हाल्न पुगेका प्रेम आलेले बतास प्रकरणसँग जोडिएको नारायणहिटी संग्राहलय रपशूपति धर्मशालाको संरक्षण गरेर हाइहाइ कमाए ।ठूला क्यासिनोबाट राजस्व उठाएको र निजगढ विमास्थल निर्माण गरेरै छोड्ने अठोट पनि उनको कार्यकालका उपलब्धी हुन् ।श्रममन्त्री बनेका श्रेष्ठले श्रमस्वीकृतिको विषयमा केही उपलब्धी हासिल गरे ।त्यसबाहेक विदेश भ्रमणकै दोडधुपमा उनले कामदारको पक्षमा केही सकारात्मक कदम चालेका छन् भने म्यानपावर व्यवसायीलाई बेलाबेला थर्काउने काम समेत गरेका छन् ।

कोभिड महामारीकै समयमा स्वास्थ्य मन्त्रालय सम्हालेका खतिवडाको कार्यसम्पादन पनि औसतमात्र देखियो । तथापी उनहरुको मन्त्री बन्ने रहर पुरा भएको छ भने, उतिबेला मन्त्री हुन नपाएर रोइकराइँ गरेका मेटमणि चौधरी जस्ता व्यक्तिको रहर पुरा हुँदैछ ।अहिले सरकारका सबै मन्त्रीको कार्यसम्पादनमाथि प्रश्न उठिरहेका बेला अन्य पार्टीले समेत यसबार समीक्षा गर्न थालेका छन् ।

एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीपार्टी निर्माणकै चरणमा छ । व्यवस्थापनका लागि भएपनि मन्त्रीफेरबदलको कसरत उसका लागि हितकर छ । स्थानीय तह निर्वाचनमा आशतित मतपरिणाम नआएपछि फेरबदल उसका लागि झनै अपरिहार्य बनेको थियो ।तर गैरसांसद व्यक्तिलाई मन्त्री बनाउने श्रंखला यहाँ पनि देखिएको छ । गत फागुनमा राष्ट्रिय सभाको कार्यकाल पुरा गरि पदविहिन रहेका शेरबहादुर कुँवरलाई श्रममन्त्री बनाएर समाजवादीले मन्त्रिपरिषद्मा एक गैरसांसद दर्ज गराएको हो ।